Nepal Times
Nepal Times
3
Shares

२४ घण्टामा थपिए १,४९० संक्रमित, १,५६७ जना डिस्चार्ज

२४ घण्टामा थपिए १,४९० संक्रमित, १,५६७ जना डिस्चार्ज

१७ मंसिर, विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप १ हजार ५सय ६७ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १६ हजार ५ सय ४७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज मात्र ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ५ सय ३८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.