Nepal Times
Nepal Times
3
Shares

२४ घण्टामा थप १०३१९ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ घण्टामा थप १०३१९ जनामा कोरोना सङ्क्रमण पुष्टि

१० माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी २१ हजार दुई सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो दुई हप्तादेखि सङ्क्रमण दर ५० प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै थप दुई हजार पाँच सय ४० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २४ हजार दुई सय ३९ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार पाँच सय ५० जना पुगेको छ ।

काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार आठ सय जना नाघेको छ । काठमाण्डौ जिल्लामा मात्रै ३८ हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिले देशभरि दुई सय ३८ जनाको आईसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप चार जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय ५९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख १९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड २९ लाख ६६ हजार जनाले पूर्ण मात्रा र एक लाख ६८ हजार नौ सय जनाले अतिरिक्त मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.