Nepal Times
Nepal Times
3
Shares

२४ घण्टामा १७ सय ३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

२४ घण्टामा १७ सय ३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

७ बैशाख, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १०२ पुगेको छ । आज कोरोनाबाट थप ११ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ८ हजार ६५९ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.