Nepal Times
Nepal Times
3
Shares

२४ घण्टामा ३५ जनाको मृत्यु, थप ४९२८ जनामा संक्रमण

२४ घण्टामा ३५ जनाको मृत्यु, थप ४९२८ जनामा संक्रमण

१६ वैशाख, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

यस्तै २४ घण्टामा मात्रै थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५ सय ६० जनाको कोरोना परीक्षण गर्दा आरटीपीसीआरबाट ४ हजार ८ सय ३१ र एन्टीजेन परीक्षणबाट ९७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।

यस्तै २४ घण्टामै ८ सय ८८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पनि दिनदिनै बढिरहेका छन् । आजसम्म विभिन्न आइसोलेसनमा पुष्टि भएका केसहरुको संख्या ३४ हजार नाघेको छ । देशभर कुल सक्रिय संक्रमित ३४ हजार १ सय १७ जना रहँदा ५९ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.