Nepal Times
Nepal Times
3
Shares

२४ घन्टामा ६८८ संक्रमित डिस्चार्ज, ४ जिल्ला काेराेना मुक्त

२४ घन्टामा ६८८ संक्रमित डिस्चार्ज, ४ जिल्ला काेराेना मुक्त

२३ असार, काठमाडौँ ।
विगत २४ घण्टामा ६८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको बताए ।देशभरीका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तै मंगलबार देशभरी २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।

सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ । पीपीआर विधिबाट मंगलबार ६ हजार १ सय ३३ वटा परीक्षण भएका छन् । आजसम्म कुल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।

सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवति महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । उनीहरुको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.