Nepal Times
Nepal Times
3
Shares

२८ बैँकको नाफा ६५ अर्ब ३९ करोड, हेर्नुहाेस् कुन बैँकको नाफा कति

२८ बैँकको नाफा ६५ अर्ब ३९ करोड, हेर्नुहाेस् कुन बैँकको नाफा कति

काठमाडौं : २८ वाणिज्य बैँकले आव ०७५/ ०७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४ र०७५ को तुलनामा बैँकहरुले खुद नाफा २४.५८ प्रतिशत वढेको हो। ०७४/०७५ मा बैँकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/०७५ को तुनालमा तीन बैँकको नाफा घटेको छ भने २५ बैँकले नाफा बढाएका छन्।

राष्ट्रिय बाणिज्य बैँकले सबैभन्दा बढी पाँच अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसैगरी कृषि विकास बैँकले ४ अर्ब ३५ करोड, नबिल बैँक ४ अर्ब २९ करोड, इन्भेस्टमेन्ट बैँक ३ अर्ब ४२ करोड, एनआइसी एसिया बैँक ३ अर्ब ५ करोड, भएरेष्ट बैँक ३ अर्ब पाँच करोड, हिमालय बैँक २ अर्ब ८५ करोड, ग्लोबल आइएमई बैँक २ अर्ब ७९ करोड, नेपाल बैँक २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएका छन्।,यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.