×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

३३ किलो सुन तस्करी प्रकरणमा ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

२५ माघ २०७५

विराटनगर, माघ २५
चर्चित साढे ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा सम्लग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत बिराटनगरले थुनामा राख्ने आदेश दिएको छ । उच्च अदालतले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दे थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो ।

थुनामा रहेका ८ जनाले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए । बिहीबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाङ्ला घलेलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले बताए ।

उच्च अदालतका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले गुरुङसहित ८ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको हो । यसअघि सुन मुद्दाका मुख्य आरोपीलाई छाड्ने विवादास्पद आदेश दिने उच्च अदालतमा मुख्य न्यायाधीश साधुराम सापकोटासहित पाँचजना न्यायाधीशलाई न्यायपरिषदले कारवाहीस्वरुप काजमा काठमाडौ तानेको थियो ।

यसैगरी उच्च अदालत विराटनगरले बालकृष्ण खड्का, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आचार्य, विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेको छ । यी पाँचै जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उच्च अदालतले अबु सलाम खान भनिने शैयाद अकबर र डब्बु भनिने इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत बिराटनगरका रजिस्टार रेग्मीले जानकारी दिए । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानविन समितिले मोरङ प्रहरीमार्फत बैसाख १९ गते जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

गोरेका सहयोगी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल जनही पाँच लाख धरौटीमा छुटेका छन् । त्यसैगरी राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आर के भन्ने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दारलाई उच्च अदालतले जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

काठमाडौ तानिएका न्यायाधिसको आदेशपछि उच्च अदालतबाट पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल भने साधारण तारेखमा पूर्पक्ष गर्न पाउने गरी यसअघि नै छुटिसकेका छन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top