×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

३८औँ पटक युक्रेनलाई हतियार दिदै अमेरिका

८ जेष्ठ २०८०

८ जेठ,एजेन्सी ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जी–७ बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिले ऐतिहासिक महत्व राख्ने बताएका छन् । उनका अनुसार जापानको हिरोसिमामा आयोजित बैठकमा जेलेन्स्कीको उपस्थितिले जी–७ राष्ट्रहरू युक्रेनको विषयमा एक भएको सन्देश दिने पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जी–७ को तस्वीर र हाम्रा साझेदारहरूसँग राष्ट्रपति जेलेन्स्कीले काँधमा काँध मिलाउँदा यसले जी–७ का राष्ट्रहरू युक्रेनको विषयमा कति एकत्रित र दृढ छन् भन्ने शक्तिशाली सन्देश दिएको छ ।’ आफूहरूले युक्रेनलाई युद्ध जारी रहेसम्म सहयोग गर्ने पनि प्रधानमन्त्री सुनकले बताएका छन् ।

यसैबीच, अमेरिकी सरकारले युक्रेनलाई ३८औँ पटक हतियार सहयोग गर्ने विषयलाई पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले जी–७ बैठकमा एफ–१६ लडाकु विमान र ३७५ अमेरिकी डलर बराबरको हतियार दिने घोषणा गरेका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आइतबार एक विज्ञप्ति जारी गर्दै ३८औँ पटक हतियार सहयोग गर्ने विषयलाई पुष्टि गरेका हुन् ।

ब्लिंकेनले विज्ञप्तिमा युक्रेनलाई हिमार्स रकेट प्रणाली, एन्टी ट्यांक हतियार, बख्तरबन्द गाडी दिने विषय खुलाएका छन् । युद्धरत युक्रेनलाई अत्यधुनिक हतियार दिइरहेका अमेरिकी राष्ट्रपतिले परमाणु हतियारको खतराबाट भने संसार मुक्त भएको हेर्न चाहेको बताएका छन् ।

बाइडेनले जी–७ बैठकको समापनपछि एक पत्रकार सम्मेलनको आयोजना गर्दै जी–७ राष्ट्रहरू परमाणु हतियारको खतराबाट मुक्त भएको संसार चाहने विषयमा प्रतिबद्ध भएको बताएका हुन् । जापानको हिरोसिमा पिस मेमोरियल पार्क ‘परमाणु युद्धको विनाशकारी वास्तविकताको शक्तिशाली स्मारक’ भएको उनी बताउँछन् ।

‘परमाणु हतियारको खतराबाट मुक्त संसारको लागि जी–७ प्रतिबद्ध छ’ बाइडेन भन्छन् । वास्तवमा जी–७ बैठक आयोजना भएको हिरोसिमा त्यो शहर हो जहाँ अमेरिकाले सन् १९४५ अगस्ट ६ मा ‘लिटिल ब्वाई’ नामक परमाणु बम खसाएको थियो । त्यो एकै बमले ६० देखि ८० हजार जनाको ज्यान लिएको थियो ।

परमाणु बम खसाइएकै ठाउँमा यी सात आर्थिक राष्ट्र सम्मिलित जी–७ बैठक आयोजना गर्नुको अर्थ परमाणु हतियारलाई निःशस्त्रीकरण गरिनुपर्छ भन्ने सन्देशको रूपमा हेरिएको छ । तर, पश्चिमा राष्ट्रसँगै उत्तर कोरियाले पछिल्ला दिनहरूमा परमाणु हतियार कार्यक्रमलाई तीव्रता दिन भने छाडेका छैनन् ।

पत्रकार सम्मेलनमा बाइडेनले चीन र ताइवानको विषयमा पनि अभिव्यक्ति दिए । उनका अनुसार ताइवानलाई आफ्नो रक्षा आफैँले गर्न सक्ने बनाउनु अमेरिकाको जिम्मेवारी हो । यस्तै बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने पनि बताएका छन् ।

गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै बाइडेनले सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिएका हुन् । यस्तै बाइडेनले जी–७ का देशहरूले चीनलाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधिबारे दिएको चेतावनीबारे पनि बाइडेनले बोलेका छन् ।

उनले आइतवार ती कदमको बचाउ गरेका छन् । उनले भने, ‘दक्षिण चिनियाँ सागरमा उसले आफ्नो सेनाको उपस्थिति बढाएको छ र यसै कारण मैले यो स्पष्ट पारेको छु कि हामी चीनसँग केही वस्तुको व्यापार गर्न तयार छैनौँ ।’ उनले चिनियाँ सामानमा लगाइएको प्रतिबन्धबारे भने, ‘हामीले अहिले हाम्रा सबै सहयोगीहरूबाट प्रतिबद्धता प्राप्त गरेका छौँ, उनीहरूले पनि चीनसँग प्रतिबन्धित सामग्री खरिद गर्नेछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top