×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

३ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी महासंघका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

१४ पुष २०७७

१४ पुस, काठमाडौं ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

लालबकैया नदी नियन्त्रण आयोजनामा तीन करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

अध्यक्ष सिंहसँगै आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवविरुद्ध मुद्दा दर्ता गरिएको छ । सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध–निर्देशक हुन् ।

त्यस्तै, महादेव खिम्ती र मैनाचुली जेभीका साझेदार मैनाचुली निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) विरुद्ध पनि आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुणस्तरहीन तार प्रयोग गरी काम गरेको र गुणस्तर परीक्षण नगरी भुक्तानी दिएर अनियमितता भएको अख्तियारले जनाएको छ । आयोजनाको स्टड निर्माणमा गुणस्तरहीन तारको प्रयोग भएको पाइएको हो ।

आयोगका अनुसार रनिङ बिलदेखि सातौँ रनिङ बिलसम्मका सातैवटा बिलको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्याबिन तारलाई स्वीकृत स्पेसिफिकेसनबमोजिम गुणस्तरयुक्त भएको भनी प्रतिवेदन दिएर भुक्तानी दिइएको छ ।

इन्जिनियर देवले सिफारिस गरेको तथा आयोजना प्रमुख श्रीवास्तवले बिल स्वीकृत गरी भुक्तानी दिएको आयोगले जनाएको छ । आयोजनामा तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ अनियमितता गरेको आयोगको अनुसन्धानमा देखिएको छ ।

महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही)ले भुक्तानी लिएकाले उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ । तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top