Nepal Times
Nepal Times
3
Shares

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

३० चैत्र, काठमाडौं ।
मध्यपुर थिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् ।

गत वर्ष कोभिड–१९ का कारण जात्रा सञ्चालन नहुँदा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष निरन्तरता पाउने भएपछि जिब्रो छेड्न श्रेष्ठ तयार भएका हुन् ।

मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उनले कोरोना महामारी सुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाउँदै आएका छन् ।

बुद्धकृष्णले भने, मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन, यस वर्ष वैशाख २ गते आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु ।

नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरेपछि मध्यपुर थिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन् ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाको बाहनामा यस वर्ष यहाँका कुनै पनि जात्रा पर्व नरोकिने बताउँदै सबै जात्रामा उत्साहपूर्वक नागरिकलाई आह्वान गरेका छन् ।(रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.