×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

४ करोड फलोअर्स पुगेको अवसरमा प्रियंकाले दिइन् सबै फलोअर्सलाई धन्यवाद

१ जेष्ठ २०७६

बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा विभिन्न कारणबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चलचित्रबाट भन्दा पनि विभिन्न स्क्यान्डलबाट चर्चामा आइरहेकी छिन् । हालै ‘मेट गाला २०१९’मा उनले लगाएको पहिरनको पनि निकै चर्चा र विवाद भएको थियो । उनै प्रियंकाले आफ्नो इन्स्टाग्राममा ४ करोड फलोअर्स पाएकी छिन् । बुधबार उनको इन्स्टामा ४ करोड फलोअर्स पुगेको छ । उनले ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद भन्दै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको भिडियोमा प्रियंकाको अनुहारमा निकै खुसी झल्किएको छ । उनले भिडियो सार्वजनिक गर्दै लेखेकी छिन् –‘मेरो इन्स्टा परिवारप्रति धेरै खुसी । तपाईहरु मेरो मनमा हुनुहुन्छ । मलाई माया दिनुभएकोमा र मेरो यात्रामा साथ दिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्वाद । ४ करोडको धनी ।’ कुनै पनि सामाजिक संजालमा ४ करोड फलोअर्स पाउने प्रियंका पहिलो बलिउड कलाकार बनेकी छिन् । अरु कुनै पनि सेलिब्रिटीले ४ करोड फलोअर्स पाएका छैनन् । प्रियंकाको फलोअर्स देशमा मात्र नभएर विदेशमा पनि धेरै छन् । त्यसैले पनि उनले यो आँकडा पार गर्न सफल भइन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top