Nepal Times
Nepal Times
3
Shares

४ वर्षे खेलाडी आर्सनलमा अनुबन्धित

४ वर्षे खेलाडी आर्सनलमा अनुबन्धित

६ असाेज, एन्जेसी ।

इंग्लिस क्लब आर्सनलले चार वर्षे बालकलाई क्लबमा अनुबन्धित गर्दै इतिहास बनाएको छ । क्लबले ४ वर्षीर्य जियान अल सलमानलाई अनुबन्धित गरेकाे हाे । उनी कम उमेरमा क्लबमा आबद्ध हुने इतिहासकै पहिलो खेलाडी बनेका छन् ।

 बालकमा आसाधारण क्षमता देखिन्छ । कतिपयले भने त्यति सानो उमेरमै व्यवसायिक फुटबल क्लबमा राख्नु उचित नहुने भन्नै आवाज पनि उठाएका छन् । तर बालकका पिताको धारणा अन्यको भन्दा फरक छ । बालकका पिताले भने, ‘उमेरका कारण आर्सनलले कुनै अप्ठेरो मानेको छैन । उनीहरुलाई पनि लाग्छ बच्चामा अधिक प्रतिभा छ ।’

जियानका प्रशिक्षक अष्टिन सोचोफिल्डलाई पनि उनमा उमेरमा हुने भन्दा बढी क्षमता रहेको विश्वास गर्छन् । प्रशिक्षकले भने, ‘हामीले उनलाई समान उमेरका अन्य बच्चासँग राख्यौं । तर उनी सबैभन्दा उत्कृष्ट देखिए । उनी तिब्र गतिका छन् । उनी गोल गर्न र पास दिन अरु भन्दा उत्कृष्ट छन् । अनि मैले उनको बुवालाई खेललाई जारी राख्न सुझाव दिदा उनले हुन्छ भने ।’

आर्सनलका प्रतिभाव छनोटकर्ता स्टेफन डेनिसले जियानको क्षमता देखेर प्रभावित छन् ।  ‘उनले जे गरिरहेका छन् त्यो उनको उमेरमा गर्न सकिने छैन । मैले उनलाई देखे र उनी चार वर्षका हुन कि भन्ने साथीबाट पक्का गरें । उनी अहिले पनि नर्सरीमा छन् भन्दा मलाई विश्वास नै लागेन , उनले भने,‘ त्यसपछि मैले उनको अभिभावकसँग कुरा गरेर केहि सेसन हेरे । उनी कुनै फ्लुक होइनन् ।’

जियानका बारेमा कुरा भइरहँदा उनी खुसी देखिन्छन् , अनि उनलाई उनको मनपर्ने क्लबको जर्सी लगाउन भनियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.