×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

५० बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा एक इन्जिनियर पक्राउ

३ मंसिर २०७७

३ मंसिर, एजेन्सी । ५० बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा भारतको उत्तरप्रदेशका एक इन्जिनियर पक्राउ परेका छन् ।

उत्तर प्रदेशको सिंचाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् ।

ती इन्जिनियरले ५० बालबालिकामाथि यौन उत्पीडन गरेको भिडियो बनाउने र तस्बिर बेच्ने गरेको खुलासा भएको छ ।

उनले अनलाइनमार्फत विगत १० वर्षदेखि ५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि यौन उत्पीडन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

यौन उत्पीडनमा पर्ने बालिका र किशोरी उत्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका रहेका छन् ।

पीडितहरुलाई शान्त राख्न नगद र मोबाइल फोन समेत उपहार दिने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पक्राउ परेका जुनियर इन्जिनियरको नाम भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top