×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

५ नोभेम्बरःइरानले गर्नसक्छ ठूलो धमाका,अल नुजबा पनि युद्धमा

१९ कार्तिक २०८१

१९ कार्तिक, विराटनगर ।

भोलि ५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुनुअघि मध्यपूर्वमा चलिरहेको युद्ध पनि यसको चुनावी एजेन्डा बनेको छ । कमला ह्यारिसले जारी युद्ध रोक्न पहल गर्ने, बन्दीहरुलाई फिर्ता ल्याउने, प्यालेस्टाइनीहरु र इजरायलको सम्मानका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरिरहेकी छन् भने डोनाल्ड ट्रम्पले यो उनको चुनावी फण्डा, राजनीतिमात्रै भएको, वास्तवमा उनी यी सब गर्न सक्षम नै नरहेको भन्दै आलोचना गरिरहेका छन् ।

अमेरिकी चुनावलाई समेत मध्यपूर्वको युद्धले तताइरहँदा र युद्ध अन्त्यका लागि पहल गरिने बताइरहँदा यता मध्यपूर्व अब इरान र इजरायलको सिधा युद्धमा होमिने संभावना बढाएको छ । किनभने अब इरानले इजरायललाई घातक जवाफ फर्काउने ठानिसकेको छ ।

इजरायलले हिजबुल्लाहका ठेगानाहरु छानी छानी टार्गेट गरिरहँदा अब इरानले आफूमाथि र आफ्ना सहयोगीमाथि इजरायलले गरेको आक्रमणको बदला लिने र त्यसको तैयारी गरिरहेको बताएको छ । जुन निकै घातक हुनेपनि दाबी गरेको छ ।

अबको पालीमा इरानले यसअघि आफूले गरेका दुई हमलामा प्रयोग नगरिएको अधिक शक्तिशाली वारहेड र अन्य हतियारहरुको प्रयोग गर्नेछ । र यो योजनाहरुका बारेमा इरानी र अरबका अधिकारीहरुले द वाल स्ट्रीट जर्नललाई जानकारी दिएका हुन् ।

मिस्रका एक अधिकारीले द जर्नललाई भनेका छन्, तेहरानले कायरोलाई निजीरुपमा चेतावनी दिएको थियो कि २६ अक्टूबरमा उसको क्षेत्रमा इजरायली हवाई हमलाका लागि उसको प्रतिक्रिया–“मजबूत र जटिल” हुनेछ ।

यस्तै एक इरानी अधिकारीले पनि भनेका छन् अब इरानले जवाफ दिनु अनिवार्य छ किनभने इजरायली हमलामा उसको सेनाका चार सैनिकहरु र एक नागरिकको पनि ज्यान गएको छ । यसकारण जवाफ दिनु आवश्यक छ ।

रिपोर्टमा भनिएको छ, इरानको सेना यो अपरेशनमा सामेल हुनेछ, जुन १३–१४ अप्रिल र १ अक्टूबरमा इस्लामिक रिभोल्यूशनरी गार्ड कर्प्सद्वारा गरिएको मिसाइल हमलाबाट अलग छ।अधिकारीले भने, यो हमला इजरायली सैन्य स्थलहरुलाई “यसअघिको तुलनामा निकै अधिक आक्रामक तरिकाले” लक्षित गरिने छ र इराकी क्षेत्रको उपयोग पनि प्रोजेक्टाइल लन्च गर्नका लागि हुन सक्छ ।

अधिकारीहरुको यो बयान सुन्दा पनि इरानले इजरायलसंग बदला लिनका लागि पुरा तयारी गरिरहेको बुझ्न सकिन्छ । इरानको यो मिलिटरी मूभमेन्टको जानकारी अमेरिकासम्म पुगेको छ । अमेरिकाले इरानलाई उल्टै हुनसक्ने हमलाबाट बच्नु भन्दै धम्की दिएको छ ।

साथै अमेरिकाले आफ्नो नेभीलाई इरान नजिकै तैनाथी बढाएको छ । यसबीच सुपरपावरको वार फ्लिट यूएसएस रूजवेल्ट वार जोनमा पुनः फिर्तीले वर्ल्ड वारको अलार्म बजाएको छ । अहिलेसम्म जुन युद्ध भइरहेको छ त्यो ट्रेलरमात्रै जस्तो थियो, जसमा इजरायलले आफ्नो शत्रु लडाकु समूहलाई मनलाग्दी धुलाई गरिरहेको छ ।

जहाँ मन लाग्यो त्यही पसेर बारुद खन्याइरहेको छ । हिजबुल्लाह, हमास र हूथीले भारी मूल्य चुकाइरहेका छन् । तर अब यी सबै समूहको हेड इरान स्वयंले आफू र आफ्ना यी सहयोगीमाथिको घातक जवाफ दिने बताएपछि र अमेरिकाले समेत ठूलो युद्धको आशंकाले यसक्षेत्रमा आफ्नो तैनाथी बढाएपछि अब युद्ध क्याइमेक्समै पुग्ने देखिएको छ ।

इजरायलको भीषण बमबारी, जंगीअड्डाबाट मिसाइल प्रहार, ट्यांकहरुबाट बारूदी गोलाहरुको वर्षा, आँधीकै रफ्तारमा चलिरहेको ग्राउंड अपरेशनले निकै कुराहरु क्लियर गरिरहेको छ । इजरायल डबल फ्रंटमा दुश्मनलाई निमोठी रहेको छ ।

तर तेहरानबाट आएको इंटेलिजेंस इनपुटले नेतन्याहूको मुटुको चाल बढाइदिएको छ । बाइडनलाई दिइएको जानकारीपछि पेंटागन पनि अलर्ट मोडमा आएको हो । यूएस एयरफोर्सको मिनोट एयरबेसलाई सुपर ऐक्टिभ गरिएको छ ।

खामेनेईले दिएको धम्कीको मात्रै २४ घण्टाभित्रै सिंगो इरानमा सैन्य हलचल बढेको छ । कारण त्यही हो, इरानका सुप्रीम लीडरको त्यो चेतावनी जसमा उनले इजरायलका साथै अमेरिकालाई पनि पाठ पढाउने घोषणा गरेका छन् ।

अब इरानले इजरायललाई जवाफ दिनका लागि आफ्ना सबै सेनाहरुका साथै फाइटर ग्रुपका महाविनाशकारी हतियारहरुको पनि प्रयोग गर्न सक्छ । यसबीच इरानले गर्नेे जायंट अट्याकमा कुन फाइटर ग्रुपले कहां र कुन हतियारहरुले इजरायलमा धावा बोल्छ त्यसको डीटेल पेंटागनमा पनि पुगिसकेको छ ।

सोही कारण बाइडनले इरानलाई डायरेक्ट धम्की दिएर इजरायलमा हमला गर्ने प्रयास नगर्न भनेका छन् । जो बाइडनले तेहरानसम्म यो म्यासेज स्विस च्यानल मार्फत पठाएका हुन् । वाल्ला न्यूजका अनुसार वाशिंगटनले तेहरानलाई साफ संदेश दिएको छ जसमा उसले भनेको छ, यदी इजरायलमा हमला भयो भने अमेरिकाले नेतन्याहूलाई जवाफ दिन रोक्न सक्दैन ।

यसका साथै अमेरिकाले इजरायललाई हर किसिमको सहयोग गर्ने पनि चेतावनी दिएको छ । जुन गर्दै पनि आएको छ । खारमा अमेरिकाले इजरायलका लागि यस्तो सुरक्षा कवच तयार पारेको छ, जसले इरानका सबै हमलालाई असफल बनाउन सक्छ ।

यसको पहिलो झलकका रुपमा वार जोनमा सुपरपावरको बमवर्षक बी ५२ को धमाकेदार एंट्रीबाट पनि देख्न सकिन्छ । जसका साथ अमेरिकाले इरानका मिसाइलहरुलाई निस्तेज पार्नका लागि विध्वंसक जहाज, जंगी जेटको पुरै स्क्वाड्रन र ईंधन भर्ने खालका विमानहरुको पनि तैनाथी बढाएको हो ।

अमेरिकाको यो तयारीको कारण तेहरानका केही स्याटलाइट तस्वीरहरु हुन् । यस्तै स्वयं इजरायली आर्मीको रेडियोले पनि इरानले हमला गर्न लागेको बताएको छ । यस्तै कान न्यूजले पनि इरानले हमलाको संकेत दिने खालको तैयारी गरेको पुष्टि गरेको छ ।

खामेनेईको वार प्लान बारेको पहिलो भनक इराकको मिलिशिया ग्रुप हरकत हिज्बुल्लाह अल–नुजबाका एक टप कमांडरको बयान पछि मात्रै अमेरिका र इजरायलले पाएका हुन् । अल–नुजाबाका टप कमांडर हैदर अल लामीले लेबनानी समाचार पत्र अल अखबारलाई दिएको इंटरव्यूमा इरानका साथ मिलेर इजरायलमा मिसाइल अट्याकको घोषणा गरेको बताएका थिए।

यस्तोमा अर्को सवाल पनि उठेको छ कि इराकको अल नुजबा कति शक्तिशाली छ । के इजरायललाई हल्लाउने दम उसमा छ भन्नेमा पनि प्रश्नहरु उठिरहेका छन् ।१० हजारभन्दा धेरै खूंखार लडाकुहरु रहेको यो ग्रुप हाईटेक हतियारहरु सम्पन्न रहेको बताइन्छ ।

नुजबासंग हूथी र हिजÞ्बुल्लाहको जस्तै लन्ग रेंजसम्म मार हान्न सक्ने रकेटको भंडार रहेको पनि बताइन्छ । नुजबा फाइटर्सले इराकमा अमेरिकाको सैन्य अड्डहरुलाई आएदिन तर्साइरहन्छन्। यद्यपि यो वर्षको सुरुमा अमेरिकाले अल नुजबा ग्रुपका डिप्टी कमांडर मुश्ताक तालिब अल–सैदीलाई मारेको थियो ।

अमेरिकासंग टकराइ रहने अल नुजबा फाइटर्सले अब इजरायललाई पनि आफ्नो निशानामा लिएको घोषणा गरेको छ । यता इरान र उसका सहयोगीबाट बच्नका लागि इजरायलले पनि तैयारी शुरू गरेको छ ।

अरब मिडियालाई इजराइली नौसेनाले मिसाइल बोटलाई स्वेज नहर पार गर्दै लाल सागरमा पुर्याइएको जानकारी दिएको छ । लोरा मिसाइल लोडेड इजरायल नेभीको यो ब्याटलशिपले ४०० किलोमीटर परसम्म हमला गर्न सक्छ ।

यद्यपि, इजरायल, मात्रै आफ्नो नेभीको दममा इरान र ७ फ्रंटमा फाइटर ग्रुपबाट युद्धमा बच्न सक्दैन । जसलाई ध्यानमा राख्दै अमेरिकाले खाडीमा रहेको आफ्नो एयर क्राफ्ट क्यारियर यूएसएस थियोडोर रूजवेल्टलाई अलर्ट मोडमा राखेको हो ।

यूएसएस थियोडोर रूजवेल्टमा एकसाथ ९० जंगी जेटको स्क्वाड्रन चल्छ । यीनका साथ फाइटर हेलिकप्टरहरुको फ्लिट पनि क्यारियरमा रहन्छन् । यो निक्सी टरपीडो काउंटरमेजर्स, आरआईएम ११६ रोलिंग एयरफ्रेम मिसाइल र फालेंक्स सीआईडब्लुएस अर्थात क्लोज इन वेपन सिस्टम ग्याटलिंग गनले सुसज्जित रहेको छ ।

यसबीच के आशंका गरिदैछ भने इरानले ५ नोभेम्बरमा इजरायलमा सबैभन्दा ठूलो हमला गर्न गइरहेको छ । इरानले ५ नोभेम्बरलाई रोज्नुको कारण यसैदिन अमेरिकामा हुने चुनाव हो । रक्षा विश्लेषकहरुका अनुसार इरान चाहान्छ कि जब सिंगो अमेरिकाको फोकस ट्रंप र कमला ह्यारिसमाथि हुन्छ, त्यतिबेला इजरायलमा एक हजारभन्दा धेरै मिसाइल एक साथ प्रहार गर्न चाहान्छ इरान ।

इरानले बारम्बार भनिरहेको छ कि उसको तेस्रो हमला अर्थात अपरेशन ट्रू प्रमिस थ्री निकै घातक हुनेवाला छ र इजरायल पछुताउने छ कि उसले इरानमा पर २६ अक्टूबरमा हमला बेकारमा किन गर्यो भनेर । यसकारण अबको २४ घण्टा निकै अहम मानिएको छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top