Nepal Times
Nepal Times
3
Shares

५ वर्ष अगाडि बनिसक्नु पर्ने अस्पतालको निर्माण नै सुरु भएन

५ वर्ष अगाडि बनिसक्नु पर्ने अस्पतालको निर्माण  नै सुरु भएन

३ भदौ, काठमाडौं ।
संसदीय समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालका बारेमा सरोकारवाला मन्त्रीहरुसंग छलफल गर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल लामो समय देखि सञ्चालनमा नआएकाले समितिले त्यसबारेमा छलफल गर्न लागेको हो । संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले सो अस्पतालको अवस्थाबारे शिक्षा, स्वास्थ्य र सहरी विकास मन्त्रालयसंग छलफल गर्ने भएको हो ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्र्तगत सन् २०११ मा ३ बर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको अस्पताल अहिले सम्म नबन्नु सरकारी गैह् जिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धित मन्त्रीलाई बोलाई कडा निर्देशन दिन सभापतिको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य अञ्जना विशंखेले लामो समय भईसक्दा पनि निर्माण नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि समितिमा बोलाउनुपर्ने धारणा राखिन् ।

त्यसैगरी समितिका अर्का सदस्य जीवन राम श्रेष्ठले सरकारकै आयोजनाका बारेमा सरकारी निकायले नै खोजी नगर्नु गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धित निकायलाई कडा कारवाहीको निर्देशन गर्नुपर्ने तर्क गरे । त्यसैगरी समिति सदस्यहरु खगराज अधिकारी, उमाकान्त चौधरी, उमेश श्रेष्ठ लगायतले पनि अस्पताल निर्माणका बारेमा सम्बन्धीत मन्त्रालयले गरेको लापरवाहीबारे मन्त्रीलाई बोलाई छलफल गर्नुको साथै कडा निर्देशन दिनुपर्नेमा सभापतिको ध्यानाकर्षण गराए ।

छलफलपछि समितिले बुधबार सरोकारवाला मन्त्रालयहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि बोलाएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बहुबर्षीय परियोजना अन्र्तगत सन् २०११ डिसेम्बर १४ गते ३ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि २ पटक भेरिएशन आदेश र तेश्रो पटक म्याद थप भईसकेको छ । पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएशन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाईएको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.