×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

५ सय करोडको दौडमा शारुखको ‘जवान’

३१ भाद्र २०८०

३१ भदौ , एजेन्सी ।
किङ खान उपनाम पाएका बलिउडका बादशाह शाहरुख खान अभिनित ‘जवान’ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रर्दशन कायम राखेको छ । जवान हरेक दिन रेकर्ड बनाउने गरी आक्रमक कारोबार गरिरहेको छ । पहिलो हप्ता बक्स अफिसमा एकछत्र राज गरेको चलचित्रको दोस्रो हप्ताको अन्त्यमा अझै क्रेज घटेको छैन ।

स्याकनिल्कको रिपोर्ट अनुसार दोस्रो शनिबार चलचित्रले ३१.५० करोड भारु आम्दानी गरेको छ । योसँगै चलचित्रले घरेलु बक्स अफिसमा खुद ४४०.४८ करोड भारु कमाइसकेको छ । एट्ली निर्देशित चलचित्रले आइतबार सार्वजसनक विदा भएकाले चाँडै ५ सय करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । जवानले शनिबार हिन्दी बजारमा ३७.२९ प्रतिशत अकुपेन्सी पाएको थियो ।

धेरै दर्शक रात्रिकालीन शोमा चलचित्र हेर्न गएका थिए । यस्तै आक्रमक ब्यापार आज हुने विश्लेषण गरिएको छ । तमिल र तेलुगुमा यो दर क्रमशः ३.५१ र २९.४० प्रतिशत रहेको थियो । चलचित्र निर्माता कम्पनी रेड चिलिज इन्टरटेनमेन्टका अनुसार जवानले विश्वभरबाट ७३५.०२ करोड भारु कमाएको छ । आगामी हप्ता चलचित्रले १ हजार करोडको आँकडा पार गर्ने कम्पनीको अपेक्षा रहेको छ ।

यदि घरेलु बजारमा जवानले ५ सय करोड भारु आम्दानी ग¥यो भने यो वर्ष यो कोशेढुंगा पार पर्ने यो तेस्रो चलचित्र हुनेछ । बलिउडमा अहिलेसम्म यस्तो कहिले पनि भएको थिएन । शाहरुखकै पठानले ५४३.०५ करोड भारु कमाएको थियो भने त्यसपछि रिलिज भएको सनी देओलको गदर–२ ले ५१७.२८ कमाएको थियो ।

यी तीन चलचित्र बाहेक कुनै पनि हिन्दी चलचित्रले आजसम्म घरेलु बक्स अफिसमा ४ सय करोड भारुको कोशेढुंगा पार गरेको थिएन । यसअघि दंगलले ३८७.३८ करोड भारु कमाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार जवानले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ करोड भारूको ओपनिङ गरेको थियो ।

फिल्मले हिन्दी संस्करणमा मात्रै ६५ करोड भारू कमाएको हो। फिल्मले पहिलो दिन सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ शाहरुखले यसअघि कहिल्यै नदेखिएजस्तो आजाद र विक्रम राठौरको वीर चरित्रमा अभिनय गरेका छन् ।

फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा शाहरुख पत्नी गौरी खानको लगानी छ। फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top