×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

८ चैत्र २०८०

८ चैत , विराटनगर ।

क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ । चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेर पाँचपटक आईपीएलको उपाधि जितिसकेको चेन्नईले यसपटक भने अन्तिम समयमा आएर कप्तान परिवर्तन गरेको छ ।

आईपीएल सुरु हुनु ठीक एक दिनअघि चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । आईपीएलको पहिलो सिजनदेखि नै महेन्द्र सिंह धोनी टोलीको कप्तान थिए । यसबीचमा रविन्द्र जडेजाले यो जिम्मेवारी पाए पनि उनको असफलताका कारण धोनीलाई फेरि कप्तान बनाइएको थियो । तर आज ओपनर रुतुराज गायक्वाडलाई टिमको नयाँ कप्तान घोषणा गरिएको छ । उनले भारतीय टिमको कप्तानी समेत गरिसकेका छन् ।

नयाँ कप्तानको च्याम्पियन टिमसँग फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गालोरले प्रतिस्पर्धा गर्दैछ । उसले हालसम्म एक पटक पनि उपाधि उचाल्न सकेको छैन । आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ ।

भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको हो । जुन २१ मा सकिने लोकसभाको निर्वाचनपछि आईपीएलका बाँकी खेलहरू हुनेछन् ।

१७औं संस्करणको आईपीएलमा विश्वका स्टार खेलाडीहरुले पुनरागमन गर्दैछन् । जसमा एक हुन्, कोलकाताबाट खेल्ने मिचेल स्टार्क । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क २०१५ पछि पहिलोपटक आईपीएल खेल्दैछन् ।

२०१४ र २०१५ को संस्करण बैंलोरबाट खेलेका उनले आफ्नो देश र परिवारलाई पर्याप्त समय दिन भन्दै आईपीएल नखेल्ने निर्णय लिंदै आएका थिए । २०१८ को अक्सनमा स्टार्कलाई कोलकाताले ९ करोड ४० लाख भारुमा किने पनि चोटका कारण खेलेका थिएनन् ।

स्टार्कले त्यसपछि अक्सनमा नाम दिएका थिएनन् । यस पटक अक्सनमा इतिहासकै सर्वाधिक २४ करोड ७५ लाख भारु खर्चेर कोलकाताले किनेको थियो । गति र योर्करमा माहिर स्टार्कबाट कोलकाता अष्ट्रेलिया टोलीमा जस्तै सानदार प्रदर्शन चाहन्छ । यस्तै अर्का सुपरस्टार हुन्, प्याट कमिन्स । अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले गत वर्ष विश्वकप र एसेजलाई समय दिने भन्दै आईपीएल नखेल्ने निर्णय लिएका थिए ।

गत नोभेम्बरमा विश्वकपको फाइनलमा अपराजित भारतलाई उसकै घरेलु मैदानमा हराउन कमिन्सले उत्कृष्ट कप्तानी र प्रदर्शन गरेपछि अक्सनमा सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा किनेको थियो । कमिन्स तीव्र गतिसँगै तल्लो क्रममा ठूलो सटको क्षमता राख्छन् । २०२० देखि २२ सम्म उनले कोलकाताबाट आईपीएल खेलेका थिए ।

भारतका योर्कर किंग जस्प्रित बुमराहले गत वर्ष आईपीएल ब्याक पेनका कारण खेलेका थिएनन् । प्रमुख तीव्र गतिका बलर बुमराह फर्किंदा पाँच पटकको च्याम्पियन मुम्बईको बलिङ आक्रामण मजबुत बन्नेछ । उनले १२ करोड भारु पाउनेछन् ।

चोटपछि फर्किएपछि बुमराहले भारतलाई गत अक्टोबर नोभेम्बरमा फाइनलमा पु¥याउन सानदार प्रदर्शन गरेका थिए । यस्तै अर्को स्टार नाम हो, ट्रविस हेड । गत नोभेम्बरमा अष्ट्रेलियालाई विश्वकप फाइनलमा हराउन १३७ रनको सानदार शतकीय इनिङ खेलेका हेड २०१७ पछि आईपीएलमा फर्किंदैछन् ।

उनले २०१६ मा बेंगलोरबाट आईपीएलमा डेब्यू गरेका थिए । पछिल्लो समय लगातार आक्रामक कक्रिकेट खेल्दै आएका हेडलाई गतअक्सनमा हैदरावादले ६ करोड ८० लाख रुपैयाँ खर्चेको थियो । यस्तै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त २०२२ डिसेम्बरमा कार दुर्घटनामा परेपछि पहिलो पटक क्रिकेटमा फर्किंदै छन् । विकेटकिपर पन्त गम्भीर दुर्घटनामा परेपछि उनलाई रिकभर हुन समय लागेको थियो ।

यस पटक कप्तानको रुपमा फर्किने दिल्लीले जनाइ सकेको छ । युवा ब्याटर तथा कोलकाताका कप्तान श्रेयस ऐयर पनि २०२२ पछि आईपीएलमा फर्किदैछन् । श्रेयस ऐयर गत वर्ष ब्याक सर्जरीको कारण आईपीएल गुमाएका थिए । ऐर फर्किंदा मध्यक्रम ब्याटिङ मजबुत बन्नेछ । स्टार्कलाई कीर्तिमानी मूल्यमा किनेको कोलकाताले ऐरको आगमानमा उपाधि जित्ने लक्ष्य राख्नेछ ।

सुपरस्टार खेलाडीहरुपछि अब कुरा गरौं हालसम्म सर्वाधिक सफल टोलीको । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता सन् २००८ मा सुरु भएको हो । आईपीएल सुरु भएदेखि हालसम्म १६ वटा संस्करण सम्पन्न भइसकेको छ । तर, हालसम्म सातवटा टोलीले मात्र आईपीएलको उपाधि चुम्न सकेका छन् । त्यसमध्ये आईपीएलको १० वटा उपाधि त केवल दुईवटा टोलीले चुमेका छन् ।

आईपीएलको इतिहासमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स सबैभन्दा सफल टोली हुन् । यी दुवै टोलीले हालसम्म पाँच–पाँच पटक आईपीएलको उपाधि जितेका छन् । त्यसमध्ये पनि मुम्बई इन्डियन्स सबैभन्दा पहिले पाँचपटक आईपीएलको उपाधि भित्राउने टोली हो।

मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो उपाधि चुमेको थियो । त्यसपछि सन् २०१५ मा दोस्रो उपाधि जितेको मुम्बई इन्डियन्सले सन् २०१७ मा तेस्रो उपाधि भित्राएको थियो । मुम्बई इन्डियन्सले सन् २०१९ मा चौथो र सन् २०२० मा पाँचौँ उपाधि हात पारेको थियो ।

यसैगरी चेन्नई सुपर किङ्सले पनि हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । चेन्नई सुपर किङ्सले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि चेन्नईले सन् २०११ मा दोस्रो र सन् २०१८ मा तेस्रो पटक उपाधि जित्यो । चेन्नईले सन् २०२१ मा चौथो र सन् २०२३ मा पाँचौँ पटक उपाधि हात पारेको थियो । चेन्नईलाई ५ पटक च्याम्पियन बनाएका धोनीले भने यसपटक कप्तानी छाडेका छन्।

उनले कुल २ सय २६ खेलमा कप्तानी गरेका छन् र १ सय ३३ जित हासिल गरेका छन्। उनको टोलीले ९१ खेलमा हार बेहोरेको छ भने २ खेल अनिर्णित रह्यो । धोनीको यो फैसलाले उनका करोडौं समर्थकहरुलाई निराश बनाएको छ । यसैगरी कोलकाता नाइट राइडर्सले हालसम्म दुईपटक आईपीएलको उपाधि जितेको छ । कोलकाताले सन् २०१२ मा पहिलो र सन् २०१४ मा दोस्रो पटक उपाधि चुमेको हो ।

यसका अतिरिक्त राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स र डेक्कन चार्जसले पनि एक–एक पटक आईपीएलको उपाधि जितेका छन् । राजस्थान रोयल्सले सन् २००८ मा आईपीएल जितेको थियो । राजस्थान रोयल्स आईपीएलको उपाधि जित्ने पहिलो टोली पनि हो । सनराइजर्स हैदराबादले भने सन् २०१६ मा उपाधि हात पारेको थियो । गुजरात टाइटन्सले सन् २०२२ र डेक्कन चार्जसले सन् २००९ मा उपाधि जितेका थिए ।

यस्तै आईपीएल सुरु भएदेखि हालसम्म सर्वाधिक सफल कप्तानको विषयमा चर्चा गर्नुपर्दा आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तानमा रोहित शर्मा र महेन्द्रसिंह धोनी हुन् । महेन्द्रसिंह धोनी भारतीय टोलीका पूर्वकप्तान हुन् भने रोहित शर्मा वर्तमान कप्तान हुन् । यी दुवैले आईपीएलमा हालसम्म आफ्नो टोलीलाई पाँच–पाँच पटक उपाधि चुमाइसकेका छन् । त्यसमध्ये पनि रोहित शर्मा आफ्नो टोलीलाई पाँचपटक आईपीएलको उपाधि चुमाउने पहिलो कप्तान हुन् ।

यो रेशमा अब धोनी भने बाहिरिसकेका छन् । यसैगरी गौतम गम्भीरले पनि कप्तानको भूमिकामा हालसम्म दुईपटक आईपीएलको उपाधि जितिसकेका छन् । यसैगरी अस्ट्रेलियाका शेन वार्न, एडम गिलक्रिस्ट र डेभिड वार्नरले पनि कप्तानको भूमिकामा एक–एक पटक आईपीएलको उपाधि जितेका छन् । राजस्थान रोयल्सले सन् २००८ मा पहिलो संस्करणको उपाधि जित्दा शेन वार्न टोलीका कप्तान थिए ।

यसैगरी सन् २००९ मा डेक्कन चार्जसले आईपीएलको दोस्रो संस्करणको उपाधि जित्दा एडम गिलक्रिस्ट टोलीका कप्तान थिए । सन् २०१६ मा सनराइजर्स हैदराबादले आईपीएलको उपाधि चुम्दा भने अस्ट्रेलियाका डेभिड वार्नर टोलीका कप्तान थिए । यसका अतिरिक्त भारतका हार्दिक पाण्ड्याले पनि कप्तानको रूपमा एकपटक आईपीएलको उपाधि जितेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा हार्दिक पाण्ड्या टोलीको कप्तान रहेका थिए ।

अब शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ । शुक्रबारदेखि सुरु हुने आईपीएल हेर्न तपाइँ कत्तिको उत्सुक हुनुहुन्छ, यससंस्करणको च्याम्पियन को होला ?

खेलको एक दिन अघि धोनी कप्तानीबाट हट्दा यसको असर सफल टिम चेन्नईको आइपिएल यात्रा कस्तो रहला ? कमेन्टमा गएर बताउनुहोला । यस्तै तपाईलाई मन पर्ने टोली, कप्तान र खेलाडीहरुका बारेमा पनि आफ्ना टिप्पणी राख्न सक्नुहुनेछ ।

पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोर आमने सामने हुँदा तपाइँका प्रेडिक्सन पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top