×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

काठमाडौं ,असोज ११

भारतीय व्यापारी राम निरन्जन जटहियाले नेपालमा न्याय पाएका छन् । जटहियाको कम्पनी शंकर इलेक्ट्रोनिकको नाममा रहेको ७० करोड रुपैयाँ भन्दा बढीको जथाजेथा किर्ते गरी बिक्री हुनबाट जोगिएको छ ।

मुद्दामा संग्लग्न १४ जनामाथि काठमाडौं जिल्ला अदालतले ६ जनालाई धरौटीमा रिहा र ८ जनालाई थुनामा राख्न आदेश दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेल सहित ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटीमा थुना मुक्त गरेको छ । अदालतले ८ जनालाई ५० हजार धरौटी सहित थुनामै राख्न आदेश दिएको हो ।

अदालतका न्यायधीश रमेश शर्माको एकल इजालासले सो आदेश दिएको हो । भारतीय व्यवसायी जटहियाको तर्फबाट सरकारी वकिल ठाकुर बस्ताकोटीले मुद्दा लडेका थिए । उनका अनुसार अब ८ जनामाथि ठगी तथा अपराध मुद्दा अनुसार प्रक्रिया अघि बढ्नेछ ।

यसैगरी घरौटीमा रिहा भएका ६ जना कर्मचारी विरुद्ध पनि अदालतले मुद्दा अघि बढाउने छ । जटहियाले केन्द्रिय अनुसन्धान ब्युरोमा गोप्य रुपमा उजुरी गरेका थिए । गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो ।

सोहि दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन अघि आत्मासर्मपण गरेको वकिल बस्ताकोटीले बताए ।(विकास न्युजबाट)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top