८ भाद्र, एजेन्सी ।
गएको सात दिनमा भारतमा ४ लाख ५० हजार जना भन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन्।
सात दिनमा ६ हजार ६ सय ६६ जना संक्रमितले ज्यान गुमाएका छन्। एक सातामा संक्रमित संख्या पहिचान र मृत्यु हुनेको संख्या दुवै अहिलेसम्मकै उच्च हो। आइतवार ६२ हजार ४२ नयाँ केस थपिँदा भारतमा संक्रमितको संख्या ३१ लाख पार भएको छ। शनिवार भारतमा ७० हजार ४ सय ८८ जनामा संक्रमण देखिएको थियो।
आइतवार ८ सय ५६ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसका कारण खराब अवस्थाबाट गुज्रिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ । जहाँ ३१ लाख ५ हजार १ सय ८५ जना संक्रमित र ५७ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ।