×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

७ वर्षपछि पाकिस्तानी खेलाडीले टेके भारतीय भूमि

११ आश्विन २०८०

११ असोज, एजेन्सी ।
एक सातापछि सुरु हुने एकदिवसीय विश्वकप खेल्न पाकिस्तानको क्रिकेट टोली भारत पुगेको छ । बुधबार साँझ टोली भारतको हैदराबाद पुगेको हो । पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।

पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो । दुई देशबीचको आन्तरिक राजनीतिको कारण उनीहरुले एक÷अर्को देशको भ्रमण गर्दैनन् । त्यसै कारण यी दुई देशबीच सन् २०१३ पछि कुनै पनि शृङ्खला भएको छैन । विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ । भारत यसअघि सम्पन्न एसिया कप खेल्न पाकिस्तान गएको थिएन ।

त्यसैले एसिया कप पाकिस्तान र श्रीलङ्कामा भएको थियो । पाकिस्तान उपाधिको दाबेदार टोली हो । विश्वकप अघि दुई वार्मअप खेल खेल्नेछ । शुक्रबार न्युजिल्यान्डसँग हैदराबादमा हुने वार्मअप खेलमा दर्शक प्रवेश निषेध गरिएको छ । सुरक्षाको कारण दर्शकलाई निषेध गरिएको हो । मंगलबार पाकिस्तानले वार्मअप खेल हैदराबादमा अष्ट्रेलियासँग खेल्नेछ ।

पाकिस्तानले विश्वकप भने हैदराबादमै ६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल भने १४ अक्टोबरमा अहमदाबादमा हुनेछ । त्यसअघि १० अक्टोबरमा श्रीलंकासँग हैदराबादमै खेल्ने कार्यक्रम छ । पाकिस्तान एसिया कपमा सुपर फोरबाट नै पराजित भएको थियो ।

सुपर फोरमा भारतसँग २ सय २८ र श्रीलंकासँग २ विकेटले पराजित भएको थियो । विश्वका नम्बर वान ओडिआई वरियता ब्याटर बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन महत्वपूर्ण हुनेछ । बलिङ भने पाकिस्तानको उत्कृष्ट छ ।

शाहिन शाह अफ्रिदी, हरिस रौफ र मोहम्मद वासिम जुनियर तीव्र गतिको बलिङ आक्रामण सम्हाल्नेछन् । प्रमुख बलर नसिम शाह भने चोटका कारण विश्वकपमा हुने छैनन् । १० टोली सहभागी विश्वकप राउन्ड रोविन लिगको आधारमा हुनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । विश्वकप अक्टोबर ५ देखी नोभेम्बर १९ सम्म हुनेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top