Nepal Times
Nepal Times
3
Shares

७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

२७ चैत, काठमाडौं । काठमाडौंमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.