×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

​लागु औषधसहित महिला पक्राउ

९ माघ २०७४

दमक, माघ ९
ठूलो परिमाणको लागु औषधसहित एक महिलालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ । विभिन्न लागु औषधसहित घरैबाट पक्राउ परेकी ३९ वर्षीया मञ्जु धिमाललाई इलाका प्रहरी कार्यालय दमकले लागुऔषध सहित सार्वजनिक गरेको हो ।

गत माघ ६ गते दमकको वडा नं १ स्थित पानी ट्याङ्कीबाट उनलाई प्रहरीले १२ एम्पुल र घरमा लुकाई राखेको ३ सय ३६ एम्पुल फेनारगन, डाइजापाम र लुपिजेसिक लागूऔषध नियन्त्रणमा लिएको थियो ।

धिमाल लागूऔषध व्यवसायी रहेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले दाबी गरेका छन् । धिमालले लामो समयदेखि भारतीय नाका हुँदै प्रतिबन्धित लागूऔषध नेपाल भित्र्याउने र घरबाटै यसको बिक्री वितरण गर्ने गरेको गिरीले बताए ।

धिमालविरुद्ध प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्री वितरणसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top