अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

२७ बैशाख ७५, शुक्रबार

पाँचथर, २८ वैशाख ः अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् ।

अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।

फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताउँछन् । आधुनिक भट्टीमा सुकाइएको अलैँचीको मूल्यसमेत बढी हुने उनको भनाइ छ ।

Advertisement

परम्परागत भट्टीमा सुकाइएको अलैँची कालो रङको हुने भएकाले व्यापारीले समेत प्राकृतिक रङ भएकै अलैँची खोज्ने गरेका छन् । कम समयमा सुक्ने भएकाले यसको तौल समेत बढ्छ । सिंहवाहिनी इन्जिनियरिङ बक्स एण्ड इनर्जी प्रालि सुनसरीको आयोजना तथा उन्नति कार्यक्रमको सहयोगमा उन्नत अलैँची भट्टी प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसानले ड्रम भट्टीलाई त्याग्न थालेका छन् ।

प्रालिले पूर्वका सात जिल्लामा उन्नत अलैँची भट्टी प्रवद्र्धन परियोजना सञ्चालन गरेको छ । कृषक यस प्रकारका भट्टी बजारमा पाएपछि परम्परागत भट्टी छाडेर आधुनिक भट्टीतर्फ लागेका हुन् । पाँचथरसहित तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, इलाम र ताप्लेजुङमा गतवर्षदेखि परियोजना सञ्चालनमा छ ।

Advertisement

परियोजना सञ्चालन भएपछि आधुनिक भट्टीको माग बढेको प्रालिका प्रबन्धक गोपाल खड्काले बताए । ‘उड कम्बस्टर भट्टी’ भट्टीको प्रयोगतर्फ कृषक आकर्षित हुँदै गएका छन् । उड कम्बस्टर भट्टीको मूल्य रु ३० हजारदेखि रु एक लाखसम्म पर्छ । सो भट्टीमा २०० देखि ४०० किलोसम्म काँचो अलैँची सुकाउन सकिन्छ । दश घण्टामा डेढ मन काँचो अलैँची सुकाउन सकिने सो भट्टीमा सुकाउँदा अलैँचीको प्राकृतिक रङ र मौलिक बासना कायम हुने, दाउराको खपत कम हुने, अलैँची फुट्ने तथा धुवाँ कम निस्कने खड्काले बताए।

अलैँची जोन पाँचथरका कृषि अधिकृत प्रकाश विश्वकर्माले जिल्लामा ५७ वटा आधुनिक अलैँची भट्टी सञ्चालनमा आएको बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top