Nepal Times
Nepal Times
3
Shares

आचारसंहिता उल्लंघन गरि मिनेन्द्र रिजाल पैसा बाँड्दै

आचारसंहिता उल्लंघन गरि मिनेन्द्र रिजाल पैसा बाँड्दै

विराटनगर, कार्तिक २७
मोरङ–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिनेन्द्र रिजालले मतदाता प्रभावित पार्न निर्वाचन आचारसंहिता विपरित पैसा बाँड्न थालेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका रिजालले रतुवामाइ नगरपालिका–६ स्थित सहयात्री युवा समाजले आयोजना गरेको शब बहान र एम्बुलेन्स खरिदका लागि बृृहत भेलामा बोल्दै पैसा बाँडेका हुन् ।

काकार्यक्रमलाइ सम्बोधन गर्दै उनले भने ‘ म अहिले रकम बताउँदिन तर एम्बुलेन्स तथा शब बाहन खरिदका लागि तपाइँहरु मलाइ तुरुन्त भेट्नुहोस तपाइहरुलाइ गोप्य रुपमा पैसा दिन्छु । चित्त बुझ्ने गरि पैसा दिन्छु । र चुनाव सकिएपछि पनि फेरि थप गरिदिन्छु । ’

उनले आफुले निर्वाचन जितिसकेपछि एम्बुलेन्स तथा शब बहान खरिदका लागि छुटमा खरिद गर्ने व्यवस्था मिलाइदिने समेत आश्वासन दिन ।

कार्यक्रममै उपस्थित बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेलले सम्बोधन गर्दै आफु कानुनको पुर्ण पालना गर्नेभएकाले एम्बुलेन्स तथा शब बहान खरिदका लागि निर्वाचन सकिएको भोलिपल्ट मात्र बोल्ने बताए ।

उनले भनेँ ‘ म कानुनको पुर्ण रुपमा पालना गर्ने मान्छे भएकाले तपाइहरुलाई पैसा दिन्छु भन्दिन । २१ गते कटोस् म सार्वजनिकरुपमै तपाइँहरुलाइ भन्छु ।’

निर्वाचन आचारसंहिता २०७२ अनुसार मतदातालाइ प्रभावित पार्नेगरि रकम बाड्दा, वा र रकम दिन्छु भन्दा कारबाही हुने व्यवस्था छ । आचार संहिता अनुसार त्यस्ता उम्मेदवारलाइ निर्वाचन आयोगले ६ वर्ष सम्म कुनैपदमा उठ्न नपाउने गरि प्रतिवन्ध लगाउन सक्छ ।त्यस्तै १ लाख सम्म जरिमाना गरि कालोसुचीमा राख्न सक्ने क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.