कोक्स बजार, बङ्गलादेश, २८ कात्तिक ः म्यानमारबाट क्षमताभन्दा बढी यात्रु बोकेर भाग्नेक्रममा रोहिङ्गा शरणार्थीहरु बारम्बार दुर्घटनाग्रस्त हुने गरेका छन् । पछिल्लो समयमा सोमबार मात्र भएको डुंगा दुर्घटनामा ९ जनाको ज्यान गएको बताइएको छ ।
शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
गत अगस्तदेखि म्यानमारबाट लाखौँ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन् । “सानो डुङ्गामा ३३ जना चढेका थिए, खराव मौसम र समुद्रको उच्च तरङ्गका कारण दुर्घटना भएको हो,” एक जना स्थानीय प्रहरी प्रमुखले भने ।
उनले भने नौ जनाको ज्यान गएको छ अरुको भने उद्वार गरिएको थियो । कोक्स बजार आउने क्रममा म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा नाफ नदी पर्दछ । सो नदी तर्ने क्रममा डुंगा दुर्घटना हुने गर्दछ ।
म्यानमारको राखिन राज्यबाट भाग्नेहरुको सङ्ख्या छ लाख भन्दा बढी भएको छ । गत अगस्त २५ देखि अहिलेसम्म नै सो क्षेत्रमा म्यान्माली रोहिंगाहरु भागेर जाने गरेका छन् ।
उनीहरुमध्ये अधिकांश स्थलमार्ग हँुदै छिमेकीदेखि बङ्गलादेश आएका छन् भने उनीहरु बसेको शिवीरहरुमा हिंसाका कारण विरामी र घाइतेहरु धेरै रहेका छन् ।
गत अगस्तदेखि अहिलेसम्म समून्द्रि मार्गमा २०० भन्दा बढी डुङ्गा दुर्घटना भएको छ । यसमा परी सयभन्दा बढी शरणार्थीको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघले म्यानमारको राखिन राज्यमा हिंसा सुरुभए यता गत अगस्तदेखि अहिलेसम्म छ लाख १३ हजार रोहिङ्गा शरणार्थीहरु बङ्गलादेश आईपुगेका बताएको छ । रासस÷एएफपी