प्रधानमन्त्रीसँग फुरुंग भए बालबालिका, प्रधानमन्त्रीले भने– बालबालिका देशका कर्णधार र धड्कन

प्रधानमन्त्रीसँग फुरुंग भए बालबालिका, प्रधानमन्त्रीले भने– बालबालिका देशका कर्णधार र धड्कन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालबालिकासँग लामो अन्तक्र्रिया गर्दै बालबालिका धर्तीको भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिका आफ्नो मुटुको धड्कन पनि भएको बताएपछि बालबालिका फुरुंग भएका थिए । प्रधानमन्त्री ओलीले बालबालिका राजनीतिमा सरिक हुन नहुने र उनीहरूले पढाइलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेपाल स्काउटले इस्बी संवत्को हरेक नयाँ वर्षका दिन प्रधानमन्त्री र बालबालिकालाई अन्तक्र्रिया गराउँदै आइरहेको छ । सोही कार्यक्रमअनुसार शुक्रबार राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत स्काउटर बालबालिकाले प्रधानमन्त्री ओलीलाई विभिन्न प्रश्न गर्दै जवाफ मागे । प्रधानमन्त्री ओली नेपाल स्काउटका मुख्य संरक्षक पनि हुन् ।

बालबालिकाले प्रधानमन्त्रीलाई राजनीति, शिक्षा, मुलुकको विकास र समृद्धिका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य कहाँ पुग्यो भन्दै प्रधानमन्त्रीलाई विकासप्रति संवेदनशील बन्न आग्रह गरे ।

एक बालकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू तपाईंका लागि हामी बालबालिका को हांै ?’ प्रश्न सकिन नपाउँदै प्रधानमन्त्रीले भने, ‘बालबालिका मेरो मुटुको धड्कन जस्तै हुन्, आँखाका नानी भने पनि हुन्छ । बालबालिका मेरो प्यारा सन्तति र भविष्यका कर्णधार ।’

प्रधानमन्त्रीले ससाना केटाकेटीलाई अत्यन्तै मन पराउने गरेको उल्लेख गर्दै भने, ‘म उनीहरूमा धर्तीको भविष्य देख्छु ।’ बालबालिकाले राजनीति फोहोरी हँुदै जाँदा विकृति बढेको हो भनेर प्रधानमन्त्रीसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीले राजनीतिलाई फोहोरी हुन नदिन आफू लागिरहेको र राजनीति सफा हुनुपर्ने बताए ।

एक बालिकाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै बालिकाहरू बलात्कृत हुने क्रम बढेकाले आफूहरूले असुरक्षित महसुस गर्न परिरहेको बताइन् । जवाफमा प्रधानमन्त्रीले समाजलाई असुरक्षित पार्ने खालका घटना घट्न नदिन सरकार सजग र सचेत रहेको जवाफ दिए ।

बालबालिकाले सरकारले एसिड आक्रमण गर्नेविरुद्ध कानुन ल्याएकामा धन्यवाद दिँदै सो कानुनको सशक्त कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.