माघे सक्रान्ति नजिकियो, टोखामा बन्न थाल्यो चाकु

माघे सक्रान्ति नजिकियो, टोखामा बन्न थाल्यो चाकु

काठमाडौँ : माघको पहिलो दिन अर्थात माघे सक्रान्तिका विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । राजधानीमा आउने चाकुमा टोखाको चाकु निकै प्रख्यात छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ ।

चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने विज्ञको भनाइ छ ।

बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव विज्ञको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.