Nepal Times
Nepal Times
3
Shares

चुनावलगत्तै पार्टी एकता हुन्छ: दाहाल

चुनावलगत्तै पार्टी एकता हुन्छ: दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावलगत्तै नेकपा एमालेसँग एकता हुने बताएका छन्।

‘चुनावी चटारोले मात्र एकता पछाडि सरेको हो,’ चितवनको चुनावी सभामा मंगलबार दाहालले भने, ‘अब एमाले र माओवादी एकतालाई कुनै तागतले रोक्न सक्दैन।’

निर्वाचन मिति १० दिन मात्र पछि सरेको भए पार्टी एकता टुंगो लगाएर निर्वाचन चिह्नबारे निर्णय लिने तयारी भएको उनले खुलासा गरे। ‘दुवै पार्टीका केन्द्रीय समिति भंग गर्ने, महाधिवेशन आयोजक समिति बनाउने, पार्टी एकता गर्ने र एउटै चिह्नबाट चुनाव लड्ने हाम्रो तयारी थियो,’ दाहालले भने, ‘अहिले हामी चुनावकै व्यस्ततामा छौं। चुनावलगत्तै पार्टी एकता गर्छौं।’

कांग्रेसले राप्रपालाई चितवनको सिट छाडेकोमा पनि उनले आश्चर्य प्रकट गरे।

‘संसदमा देउवाजीले प्रचण्डजी तपाईं राजनेता हो भन्नुभयो, के उहाँले प्रधानमन्त्री पदकै लागि मलाई राजनेताको पगरी दिनुभएको हो?’ उनले सोधे, ‘होइन भने चितवनजस्तो जिल्लामा राजावादी पार्टीलाई कांग्रेस सुम्पेर उहाँले के गर्न खोज्नुभएको हो?’ उनले कम्युनिष्टहरू नै सच्चा लोकतान्त्रिक शक्ति भएको बताए।

दाहाल चितवनमा घरदैलो कार्यक्रम क्रममा छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.