टोखामा दम्पतीको शंकास्पद मृत्यु : घटना थप रहस्यमय, ४ टोली अनुसन्धानमा

टोखामा दम्पतीको शंकास्पद मृत्यु : घटना थप रहस्यमय, ४ टोली अनुसन्धानमा

काठमाडौं : ‘पूर्वजन्ममा म उहाँको छोरा रहेछु, यो जन्ममा बाबु। मैले सायद के पूरा गर्न सकिनँ छाडेर जानुभयो।’ ६८ वर्षीय तारकबहादुर केसी बानेश्वर थापागाउँस्थित पञ्चकुमारी किरियाघरमा मंगलबार यसरी मन बहलाउँदै थिए। आँखा रसाइरहेकै थिए। तापनि, शुभेच्छुकसँग उनी भन्थे, ‘हिजोको भागभोग हो। उसले चाँडै सन्सार छाड्यो।’

तारकका छोराबुहारी उमेश र सुदीक्षा शुक्रबार राति टोखामा मृत फेला परेका थिए। तारक छोराबुहारीको किरियामा बसेका छन्। किरियापुत्री भवनमा कोठाबाहिर उमेशको फोटोमा माला चढाइएको थियो। नजिकै दियो बलिरहेको थियो। बुहारीको फोटो नभएकाले ल्याउने तयारी भएको उनले सुनाए।

उनले उमेश परिवारसँग अलग्गिएर बस्नुको कारणबारे भने, ‘सायद उसलाई स्वतन्त्र भएर बाँच्ने इच्छा थियो। हामीले जबरजस्ती गरेनौं। ऊ राम्रैसँग बसेको थियो। टोखा बसे पनि आउजाउ गथ्र्यो।’

प्रारम्भिक अनुसन्धानका नाममा बुहारी (सुदीक्षा)ले उमेशको हत्या गरेर आफूले आत्महत्या गरेको बुझाइप्रति उनले असहमति जनाए। ‘यो काल्पनिक कुरा मात्रै भएन र ? मारेको र मरेको देख्ने प्रत्यक्षदर्शी कोही छ ?’, उनले भने, ‘अब प्रहरी अनुसन्धानले देखाउला सत्यतथ्य के रहेछ।’

घटनास्थल महानगरीय प्रहरी वृत्त महाराजगन्ज मातहतको जिम्मामा छ। संयोग ! वृत्तका डीएसपी रोशन खड्का तारककै विद्यार्थी रहेछन्। ३७ वर्ष शिक्षण पेसामा बिताएका तारक ३४ वर्ष त आदर्श विद्या मन्दिर (एबीएम)मा रहे। डीएसपी खड्काको स्कुले उमेर उनै तारकसँग जोडिन्थ्यो। तारकले भने, ‘डीएसपी खड्का मेरै विद्यार्थी रहेछन्। मैले फोन गर्न पनि हिम्मत गरेको छैन। अनुसन्धानमा राम्रै दख्खल राख्ने केटो हो। यो घटनाको पर्दापछाडि को छ ? त्यो बाहिर आउने आस छ।’

सुदीक्षाका माइती अमेरिकामा बस्दै आएका छन्। उमेशका परिवारजनले सुदीक्षाकी दिदी शर्मिलालाई मात्रै चिन्छन्। तिनै शर्मिला प्रहरी र उमेशका परिवारको शंकाको घेरामा छिन्। प्रहरीले लामो सोधपुछपछि उनलाई छाडेको छ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.