×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सिमसार सूचक मानिने जलपक्षीको सङ्ख्या यो वर्ष घट्यो

६ माघ २०७७

६ माघ, काठमाडौं ।
नेपालमा यो वर्ष सिमसार सूचक मानिने जलपक्षीहरुको संख्या कम देखिएको छ।

गएको १८ पुसदेखि ५ माघसम्म गरिएको गणनाको प्रारम्भिक तथ्याङ्कमा जलपक्षीको संख्या कम देखिएको हो। गणनामा कोशी नदीमा ६२ प्रजातिका १९ हजार ५४४ जलपक्षीको रेकर्ड भएको छ।

Advertisement
Advertisement

कोशी पक्षी समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार कोशीमा सन् २०१९ मा ५८ प्रजातिका २१ हजार ७४४ र २०२० मा ६१ प्रजातिका १६ हजार १२ जलपक्षीको रेकर्ड गरिएको थियो।

यसैगरी जगदीशपुर रामसार क्षेत्रमा पनि गत वर्ष १५ हजार ४९६ को सङ्ख्यामा रेकर्ड भएका पानी चरा यस वर्ष १२ हजार ४७६ मात्र गणना भएको नेपाल पक्षी संरक्षण सङ्घका जीवविज्ञ देउबहादुर रानाले बताए।

चितवनमा पनि यस वर्ष जल चराको प्रजाति कम देखिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरी बताउँछन्। कर्णाली नदी र बढैया ताल क्षेत्रमा पनि चराको सङ्ख्या विगतभन्दा कम देखिएको बर्दिया नेचर क्लबका अध्यक्ष राम शाहीको भनाइ छ।

यस वर्षको गणनामा पोखरा उपत्यकाका लागि नयाँ प्रजाति मण्डारिन हाँस, कोशीका लागि नयाँ प्रजाति पहेँलो ठुँडे कल हाँस, बर्जु तालमा नेपालका लागि दुर्लभ बैकालगैरी र जगदीशपुरमा पनि नेपालका लागि दुर्लभ थोप्ला चुच्चे नादुन हाँस अभिलेख भएको नेपाल पक्षी संरक्षण सङ्घका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए।

जलपक्षीहरुका प्रजाति र सङ्ख्यामा गिरावट आउनु चिन्ताको विषय भएकाले बेलैमा संरक्षणका कदम चाल्नुपर्ने विज्ञहरुको भनाइ छ।  हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन तथा सङ्ख्याको अद्यावधिक गर्न जलपक्षीको गणना गरिएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पक्षी संरक्षण सङ्घ, हिमाली प्रकृति र स्थानीयस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको समन्वयमा गरिएको गणनाको विश्वव्यापीरुपमा समन्वय वेटल्यान्ड इन्टरनेशनल संस्थाले गरेको थियो।

चराको बसाइँसराइ मौसमअनुसार फरकफरक हुन्छ। हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ। ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ।

हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन्।  सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपक्षी भनिन्छ।

नेपालमा १०० भन्दा बढी प्रजातिका जलपक्षी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ। यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए।

मुलुकभरका पाँच दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गणना गरिएको उनले बताए। वेटल्यान्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपक्षी गणना हुने भएकाले विश्वभरकै जलपक्षीको सङ्ख्या आङ्कलन हुने बताइन्छ।

नेपालका सिमसार क्षेत्रमा यति वेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायत प्रजातिका चरा बढी देखिन्छन्।  सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिन्छ।

गणनापछि मुुलुकभरबाट प्राप्त तथ्याङ्क सङ्कलन गरी प्रतिवेदन तयार गरेर विभागलाई बुझाइने राष्ट्रिय संयोजक डा। बराल बताउँछन्।  सङ्घका अनुसार नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन्।

त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन्।

खासगरी उत्तरी ध्रुवमा हिमपातको शुरुआतसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनी करीब १५० प्रजातिका चरा उत्तरी मुलुक रुस, किर्गिजस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपाल आउँछन्।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक पानी चरा सिमसार क्षेत्रमा नै आफ्नो समय व्यतीत गर्दछन्। पाहुना चराको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थलका लागि मुलुकका सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नु आवश्यक रहेको सङ्घका संरक्षण अधिकृत भुसालले बताउँछन्।

चराको बसाइँसराइ मौसमअनुसार फरकफरक हुन्छ। हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ। ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ। हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन्।

हिउँदेयामको बराइँसराइ असोजको शुरुदेखि माघसम्म हुन्छ। हिउँदे आगन्तुक चराले अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा व्यतीत गर्छन्।

Advertisement

सिमसार क्षेत्रको सङ्कुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले जलपक्षीको संरक्षणमा चुनौती थपिएको संरक्षणविद्हरुको भनाइ छ।(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top