×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

लाभग्राही सूचीमा दुई हजार ७८ घरधुरी थपिए

२० जेष्ठ २०७५

काठमाडौँ, जेठ २०
भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गर्दा लाभग्राही सूचीमा पीडितको संख्या थपिएको हो ।

Advertisement
Advertisement

गुनासो छनोटका क्रममा घर प्रवलीकरणको लाभग्राही सूचीमा २६३ जना थपिएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरले जानकारी दिए ।

कार्यकारी समितिको निर्णय अनुसार गोरखाका आरुघाट र अजीरकोट, सिन्धुपाल्चोकका ईन्द्रावती र सुनकोशी गाउँपालिका, काठमाडौँका बूढानीलकण्ठ, चन्द्रागिरि, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिका तथा काठमाडौँ महानगरपालिकाका गुनासोबाट छनोट गरी लाभग्राही सूचीमा समावेश गरिएको हो ।

यसअघि प्राधिकरणले गुनासो सुनुवाइमार्फत् विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका पाँच हजार ३४४ जनालाई पुनःनिर्माण अनुदान लाभग्राही र पाँच हजार ५०१ जनालाई प्रवलीकरण लाभग्राहीमा समावेश गरेको थियो ।

भूकम्प प्रभावित ३२ जिल्लाबाट दर्ता भएका गुनासोमध्ये पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकोले लाभग्राहीको छनौटमा केही ढिलाइ भएको सूचना अधिकारी घिमिरेले बताए । प्राधिकरणले विशेष प्राथमिकता दिई गुनासो विश्लेषण गरिरहेको छ ।

पुनः सर्वेक्षण भई केन्द्रमा आएको तथ्यांकबाट जेठ मसान्तभित्रमा लाभग्राहीको पहिचान सम्पन्न गर्ने लक्ष्य छ । छनोट भएको सूची स्थानीय तहमा पठाइने उनले बताए । कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिसमा अनुदान सम्झौता गर्न पाउनेछन् । अनुदान सम्झौतापछि लाभग्राहीले पुनःनिर्माण गर्न रु तीन लाख र प्रवलीकरणका लागि रु एक लाख अनुदान पाउनेछन् ।

Advertisement
Advertisement

विगतमा विभिन्न कारणले लाभग्राही सूचीमा पर्न नसकेका वास्तविक भूकम्पपीडितलाई लक्ष्य गरी प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन गरेको थियो । गत भदौदेखि मंसिरसम्म प्राधिकरणले ३३२ जना इञ्जिनियरलाई परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षण गरेको थियो । सो अवसरमा करिब एक लाख ३० हजार घरधुरीको तथ्यांक संकलन गरेको प्राधिकरणले जनाएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top