Nepal Times
Nepal Times
3
Shares

मेरो प्रतिष्पर्धीले एक मत बराबर १० हजार दिदैछन् भन्ने सुनेको छु : जफर जमाली

मेरो प्रतिष्पर्धीले एक मत बराबर १० हजार दिदैछन्  भन्ने सुनेको छु : जफर जमाली

जफर जमाली, प्रतिनिधिसभा सदस्य उम्मेदवार, सुनसरी–४, नेपाल संघिय समाजवादी पार्टी

विक्रम सम्वत २०२१ सालमा सुनसरीको भोक्राहमा जन्म भई माध्यामिक शिक्षा सम्म सोही ठाउँमा अध्यन गरेरे उच्च शिक्षाका लागि भारतको पटना गएर स्नातक तहको अध्यन गरेका जफर जमाली २०४८ सालदेखिनै कम्युनिष्ट आन्दोलनमा लाग्दै आएका थिए । नेकपा एमालेका बर्तमान सचिव भिम आचार्यबाट पार्टी सदस्यता लिएका उनी उक्त पार्टीका जनवर्गिय संगठन मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपाध्यक्ष समेत बने । २०६४ सालमा विराटनगरको मस्जिदमा भएको बमकाण्डका विरुद्धमा संघर्ष समिति गठन गरेर आन्दोलनको अगुवाइ गरेका उनै जमालीले २०६४ सालको संविधानसभाको निर्वाचनमा मुस्लीम उम्मेदवार नबनाएको भन्दै पार्टी छाडेर स्वतन्त्र रुपमा विभिन्न संघ संस्थामाम आवद्ध भइ समाजसेवामा अग्रसर बनिरहे । उनै समाजसेवी र मिलनसार जफर जमाली यतिबेला नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यसै सेरोफेरोमा रहेर नेपाल टाइम्सले गरेको चुनावी सम्वाद ।

तपाईका चुनावी एजेण्डा के छन् ?
हेर्नुस मेरो चुनावी क्षेत्र भनेको मुस्लिम बाहुल्य क्षेत्र हो । सो क्षेत्रमा मात्र १ सय ८५ मदर्शाहरु छन् । उर्दु भाषाको पढाइलेखाइ कक्षा १० सम्म मात्र छ । त्यस बाहेक त्यहाँ उच्च शिक्ष्षका लागि अरु कुनै विकल्प छैन । त्यसका लागि उर्दु विश्वविद्यालय स्थापना गर्ने मेरो पहिलो प्रथामिकता रहनेछ । त्यस्तै त्यो क्षेत्रमा सँधै कांग्रेसले जित्दै आएपनि त्यहाँ हुनुपर्ने आधारभुत कुराहरु छैन । त्यहाँको, बाटो, विजुली, स्वास्थ्य, खानेपानि, शिक्षाका समस्या समाधान मेरो प्रथामिकताका विषय हुन् । त्यहाँका जनतालाइ आफ्नो अशल नेतृत्वकर्ताको आवश्यकता छ । र त्यहि पुरा गर्न मैले उम्मेदवारी दिएको हो ।

तपाइका जित्ने आधार के छन् ?
मेरो जित्ने धेरै आधार छ । अहिलेको अवस्थामा साजनितिक समिकरणलाइ आधार मानेर अन्य दलहरु चुनावी मैदानमा छन् । सर्वप्रथम त मेरो क्षेत्रमा ३५ हजार मुस्लीम मतदाताहरु रहेका छन् । उनीहरुको प्रतिनिधित्व गर्ने भएकाले मेरो आधार पनि त्यहिनै हो । अर्को म त्यहाँकै स्थानिय भएकाले त्यहाँका तमाम समस्याबाट म अनभिज्ञ छु । जुन म पुरा गर्न सक्छु । मधेशी समेत मिसाउदा ८५ हजार मतदाता संख्या पुग्छ । मैले जहिले पनि मधेशी मुस्लीम तथा अल्प संख्यक समुदायको हक हितमा काम गर्दै आएकाले पनि मैले जित्ने विश्वास छ ।

अर्को तिर कांग्रेस एमाले प्रति जनताको आक्रोस छ । काग्रेसका आयातित उम्मेदवार हुन् र एमालेका नवप्रवेशी राजावादी उम्मेदवार हुन् । म त्याहाँको स्थानिय म चुनाव जित्छु ।

चुनावमा टन्न पैसा गरेको हल्ला छ । तपाइकै क्षेत्रबाट अर्थमन्त्रीनै उठ्नु भएको छ । तपाइ चाँहि चुनावमा कति पैसा खर्च गर्दै हुनुहुन्छ ?

तपाइले ठिकै भन्नुभयो । अर्थमन्त्री तथा मेरा प्रतिष्पर्धीले उम्मेदवारी मनोनयन अघिपनि निर्वाचन आचारसंहिता विपरित १० करोड रुपैयाँ खर्च गर्नु भएको छ । प्रत्येक मत बराबर १० हजार मुल्य तोक्नु भएको पनि मैले सुनेको छु । मलाइ मेरा साथिहरुले सोधिरहनु भएको छ । तपाइ दिन सक्नुहुन्छ कि हुन्न भनेर । तर मैले समाजमा आज सम्म जुन हिसावले काम गरेको छु । मेरो जुन व्यक्तित्व छ कसैलाइ नठग्ने, धोका नदिने र आफुले गरेका बाचा पुरा गर्ने मान्छे भएकाले मैले निर्वाचन जित्नैपर्छ । त्यसर्थ जनताले स्वत स्फुर्त रुपमा निर्वाचन खर्चका लागि मलाइ एक मुठी चामल, १० रुपैयाँ र एक भोट दिएर सहयोग गर्ने बचन दिएका छन् । दलहरु विच अहिले चुनावी धु्रविकरण भएको छ ।

तपाइलाइ जित्न गाह्रो पर्ने देखिन्छ नि ?
यो चुनावी धु्रविकरणले मलाइ खासै असर पर्दैन । मलाइ चुनाव जित्न गाह्रो छैन । विभिन्न नाममा गठबन्धन बनेपनि , नेताको मन मिलेपनि कार्यकर्ताको मन मिलेको छैन । संघिय समाजवादी पार्टीकाले कांग्रेसलाइ छाडीदिएका छन् । जसले मधेश आन्दोलन दवायो उसैलाइ समर्थन गर्दा मधेशी जनताको कांग्रेसप्रती अझ बढी आक्रोश छ । त्ससैले जनताले कांग्रेसलाइ भोट दिदैनन् । उनीहरुले त्यस क्षेत्रमा पटक पटक चुनाव जितेपनि केहि नगरेको अवश्था छ । त्यसैले मलाइ मेरो चुनाव चिन्हमा मत दिएर जनताले जिताउनेछन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.