Nepal Times
Nepal Times
3
Shares

भारत बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिए

भारत बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिए

११ चैत, एजेन्सी । बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिएका छन् ।

समाचार संस्था एनडिटिभीका अनुसार मंगलबार बसेको लोकसभामा विपक्षी दलका सासंदहरू प्रहरीबाट कुटिएका हुन् ।

प्रहरीले सासंदहरूका कपाल तानेको र लात्ताले हानेको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा सेयर भएका छन् । विहारमा नितिश कुमार जनता दलको सरकार छ ।

विहारको विधानसभामा पेश भएको नयाँ प्रहरी विधेयकको विषयमा विवाद भएको थियो । विहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ को विषयमा केही दिनयता विपक्षी दलहरूले विरोध गर्दै आएका थिए ।

मंगलबार साँझ सो विधयेक सभाबाट पास गरेपछि विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी)ले सदन बाहिरै नाराबाजी गर्दै आन्दोलन गरेका थिए । त्यस विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिने एनडिटिभीले जनाएको छ ।

पटक पटकको अवरोधपछि विधानसभा स्थगित गरिएको थियो। आरजेडीका एक विधायकले सभामुख विजयकुमार सिन्हाको कुर्सीतर्फ हुत्तिएर गई कागजातहरू च्यातेका थिए।

आन्दोलित विधायकहरूले सभामुखलाई चेम्बरमै घेराबन्दी गरेका थिए।

त्यसपछि पटना प्रहरीका प्रमुखले एक सय बढी प्रहरी ल्याएर आन्दोलित विधायकलाई भवनबाट निकाल्न थाले । पोडियममा चढेर सभामुखलाई बस्नबाट रोक्न खोजेकी एक महिला विधायकलाई पनि प्रहरीले हटाएको थियो ।

प्रहरीले आरजेडीका केही विधायकहरूलाई सदन बाहिर निकालेपछि उनीहरू अचेत देखिएका थिए।

आरजेडीका सासंद तेजस्वी यादवले मंगलबार कालो दिन भएको बताएका छन् ।

’आज विहारको विधानसभामा एउटा कालो कानुन पेश गरियो, जसको विरूद्धमा हामी उभिएका थियौं। तर विहारमात्रै होइन देशकै इतिहासमा पहिलोपटक सदनभित्र प्रहरी बोलाइयो, एसपी र डिएम आफैँ विधायकहरूलाई कुट्न र घिसारेर बाहिर निकाल्ने काम गरिरहेका थिए। महिला विधायक अनिता देवी जो पछि परेको समाजकी विधायक हुन्, उनको कपाल तान्दै घिसारेर लग्यो। आजको दिन कालो दिनको रूपमा देशका जनताले याद राख्नेछ,’ यादवले भने।

बिबिसी हिन्दीका अनुसार महिला विधायकसहित १२ जना घाइते भएका छन्। कयूं प्रहरी अधिकारी तथा मिडियाकर्मीसमेत घाइते छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.