Nepal Times
Nepal Times
3
Shares

ओलीलाई देउवाको जवाफ- ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन्

ओलीलाई देउवाको जवाफ- ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन्

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ज्योतिषले आफूलाई सात चोटी प्रधानमन्त्री हुने  भविष्यवाणी गरेको बताएका छन्।

बिहीबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले  भने- ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्, चुनावपछि पनि म नै प्रधामन्त्री बन्ने हो।

यसअघि बुधबार गोरखामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री भएको बताएका थिए। अब वाम गठबन्धनको बहुमत आउने र कांग्रेसले कहिल्यै सरकारको नेतृत्व गर्न नपाउने ओलीको दाबी थियो।

ओलीको सोही भनाइबारे राखिएको प्रश्नमा देउवाले अब पनि कांग्रेसको बहुमत आउने र आफू नै प्रधानमन्त्री बन्ने दाबी गरेका हुन्। देउवा अहिले चौथो पटक प्रधानमन्त्री बनेका छन्।

चुनावी प्रचारका क्रममा देउवा अहिले सुदुर पश्चिममा छन्। कैलाली  पाँचमा उनकी पत्नी आरजु राणा उम्मेदवार बनेकी छन् भने उनी डडेल्धुराबाट चुनावमा उठेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.