Nepal Times
Nepal Times
3
Shares

रामशरण महतको प्रचार टोलीमाथि बम प्रहार, ३ घाइते

रामशरण महतको प्रचार टोलीमाथि बम प्रहार, ३ घाइते

नेपाली कांग्रेस नेता तथा नुवाकोट १ का उम्मेदवार रामशरण महतको चुनाव प्रचार टोलीमाथि नुवाकोटमा बम प्रहार  गरिएको छ ।

चुनावी प्रचारमा जाने क्रममा  ककनी गाउँपालिका–५ डाडाँगाउँमा  शुक्रबार बिहान साढे १० बजे बम प्रहार गरिएको नुवाकोटका प्रहरी प्रमुख वीरेन्द्र बस्यालले जानकारी दिए ।

नेता महत सुरक्षित भएपनि  बम  प्रहारबाट ३ जना  कांग्रेस कार्यकर्ता घाइते भएको बस्यालले बताए। उनका अनुसार एक जनाको अवस्था  गम्भीर छ। घटनास्थल सदरमुकाम विदुरदेखि ४५ किलोमिटर टाढा छ।  ‘घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टरको व्यवस्था गर्दैछौं,’ एसपी बस्यालले भने।

कसले बम विस्फोटन गराएको हो? भन्ने यकिन हुन सकेको छैन। विस्फोटन गराउनेको खोजबिन भइरहेको उनले बताए।

यसअघि पनि रुकुममा माअोवादी नेता जनार्दन शर्मा, रोल्पामा वर्षमान पुनमाथि आक्रमण भएको थियो भने भोजपुरमा एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम हानिएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.