Nepal Times
Nepal Times
3
Shares

बनेपा तनावग्रस्त, अरनिको राजमार्ग अवरुद्ध

बनेपा तनावग्रस्त, अरनिको राजमार्ग अवरुद्ध

१ मंसिर,काभ्रे । ट्रिपरको ठक्करले मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत भएपछि बनेपा तनावग्रस्त भएको छ ।

पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

परिस्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले बजार बन्द गराएको छ । बनेपामा बा २ ख ६१ ७३ नम्बरको लोढ भएको ट्रिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

बनेपा हुँदै काठमाण्डौ तर्फ गईरहेको ट्रिपरले फरक साईडमा गएर मोटरसाईकललाई ठक्कर दिइएको बताईएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक धुलिखेल नगरपालिका २ बस्ने बिशाल तामाङ रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिइएपछि बनेपा यतिबेला तनाव ग्रस्त छ । आक्रोशित भिडले टिपरमाथी तोडफोड गरेका छन् भने ति यात्रीको अवस्था र उनको ठेगानाबारे अझै खुल्न सकेको छैन । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.