दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा, असार १४

संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।

सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.