Nepal Times
Nepal Times
3
Shares

रौतहटमा वाम गठबन्धनको भेलास्थलमा विस्फोट

रौतहटमा वाम गठबन्धनको भेलास्थलमा विस्फोट

रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेलास्थलमा बम विस्फोट भएको छ। विस्फोटमा परी आमाछोरा ३१ वर्षीय सरीता राई र ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन्।

अन्य घाइतेमा चन्द्रपुर ५ का ४५ वर्षीय लक्ष्मी राई, ५५ वर्षीय राम बहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीय दिलमाया राई, ५० वर्षीय यमुना काफ्ले, चन्द्रनिगाहपुर सरकारी अस्पतालका सहयोगी ४९ वर्षीय गजेन्द्र झा र परिचर लक्ष्मी राई छन्।

मन्दिर हलमा भइरहेको भेला सकेर बाहिर निस्कने क्रममा मन्दिर अगाडि विस्फोट भएको वाम गठबन्धनका नेता उद्धव रेग्मीले जानकारी दिए। ‘कार्यक्रम सकिएको थियो, बाहिर निस्कनै लाग्दा विस्फोट भयो,’ घटना स्थलमा रहेको पूर्व सांसद राम कुमार भट्टराईले बताए।

 

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.