Nepal Times
Nepal Times
3
Shares

राजेन्द्र राईको सभामा बम प्रहार, अर्को विष्फोटको घटनामा प्रहरीसहित तीनजना घाइते

राजेन्द्र राईको सभामा बम प्रहार, अर्को विष्फोटको घटनामा प्रहरीसहित तीनजना घाइते

२ मंसिर, भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङ्गमा वाम गठबन्धनको चुनावीसभा बम विस्फोट भएको छ । सभामा प्रदेश नं. क का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलको १ सय मिटर नजिकै बम विस्फोट गराईएको हो ।

बम विस्फोट भएपछि सभामा उपस्थितहरू तितरबितर भएका थिए । विस्फोटमा कोही हाताहात भने नभएको प्रहरीले जनाएको छ ।

यसैबीच षडानन्द नगरपालिका १३ तीनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट हुँदा चुनावीसभा सकेर फर्कंदै गर्दा २ प्रहरीसहित युवा संघका कार्यकर्ता विक्रम राई घाइते भएका छन् । बाटोमा राखिएको माइनबारे बुझ्न गएको प्रहरी टोलीले भिड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए ।

विस्फोटबाट वाम गठबन्धनको आमसभामा पुगेर सदरमुकाम फर्कदै गरेका युवा संघका सचिवालय सदस्य ट्याम्के मैंयुङ्ग गाउँपालिका वडा नं. ७ दिप्साका विक्रम राईको टाउकोमा चोट लागेको छ । घाइते हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.