Nepal Times
Nepal Times
3
Shares

दाहालले गुमाए क्यान्सरले छोरी, हृदयघातले छोरा

दाहालले गुमाए क्यान्सरले छोरी, हृदयघातले छोरा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनकी पत्नी सीता दाहालले ४ वर्ष नपुग्दै दुई सन्तान गुमाएका छन्।

दाहालका एक मात्र छोरा प्रकाशको आइतबार बिहान हृदयघातपछि निधन भएको छ। ३८ वर्षीय दाहाललाई शनिबार राति लाजिम्पाटस्थित निवासमा हृदयघात भएको थियो।

उपचारका लागि नर्भिक अस्पताल ल्याइएका दाहाललाई बिहान मृत घोषणा गरिएको थियो। अस्पतालले प्रकाशलाई आकस्मिक हृदयघात भएको जनाएको छ।

छोराको मृत्युको खबर सुन्दा माओवादी अध्यक्ष दाहाल वाम गठबन्धनको चुनावी प्रचारमा झापा पुगेका थिए।

चार वर्षअघि दाहाल दम्पत्तिले जेठी छोरी गुमाएका थिए। स्तन क्यान्सरपीडित ज्ञानु केसीको २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो। ज्ञानु ४० वर्षकी थिइन्।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.