माओवादी केन्द्रका नेता एवम् आफ्ना छोरा प्रकाश दाहालको निधनमा विभिन्न जिल्लाका चुनावी कार्यक्रम स्थगित भएको खबर आउन थालेपछि अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् ।
पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएका हुन्।
प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेका छन्।
दाहालको आज बिहान हृदयघातबाट निधन भएको हो। उनको शवलाई अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। दाहालको आजै पशुपति आर्यघाटमा साँझ ५ बजे अन्त्येष्टि गरिने माओवादीले जानकारी दिएको छ ।