प्रकाश दाहालको पार्थिव शरीरलाई अहिले माओवादी केन्द्र पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। आज बिहान हृदयघातका कारण मृत्यु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ।
प्रकाशको पार्थिव शरीरलाई बुबा एवम पार्टी अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्। उनको शवलाई ४ बजेसम्म त्यहाँ राखिने माओवादी प्रवक्ता पम्पा भुसालले जानकारी दिइन्।
प्रकाशलाई श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका शीर्ष नेताहरू पेरिसडाँडा पुग्ने भएका छन्।