Nepal Times
Nepal Times
3
Shares

अस्पताल लगेको ३ घन्टा अघि नै प्रकाश दाहालको निधन

अस्पताल लगेको ३ घन्टा अघि नै प्रकाश दाहालको निधन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको अस्पताल लैजानुभन्दा ३ घन्टा अघि नै मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

नर्भिक अस्पतालमा मुटु रोग विशेषज्ञ डाक्टर जेपी जैसवालले प्रकाशलाई दुई जना सुरक्षा गार्डले ५ बजेर ५० मिनेटमा अस्पताल ल्याएको र लक्षणहरू हेर्दा उनको ३ घन्टा अघि नै निधन भएको जानकारी दिए।

‘उनको हात चिसो भइसकेको थियो, पल्स थिएन, श्वासप्रश्वास बन्द भइसकेको थियो, ‘जैसवालले भने, ‘शरीर पनि कडा भइसकेको थियो, उनले ३ घन्टा अघि नै शरीर त्यागेको हुन सक्छ । ‘

इसीजीमा पनि केही नदेखिएपछि अस्पतालले ६ बजे मृत घोषणा गरेको उनले बताए।

उनका अनुसार दाहालको निधनको ९९ प्रतिशत कारण भने आकस्मिक हृदयघात नै हो । रिपोर्टमा प्रकाशले गएराती मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए।

‘प्रकाशको शरीरमा कुनै चोट पनि छैन’ उनले भने, ‘ब्लड प्रेसर, डाइवेटिज केही देखिएन ।’

जैसवालका अनुसार आकस्मिक हृदयघात पछिल्लो समय युवाहरुमा बढी मात्रामा देखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.