नेपाललाई सातौं सफलता, २३ ओभरमा ६४ रन बनाउँदा ओमानले गुमायो ७ विकेट

नेपाललाई सातौं सफलता, २३ ओभरमा ६४ रन बनाउँदा ओमानले गुमायो ७ विकेट

३ असोज, काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले सातौं विकेट हात पारेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा शरद भेसावकरले नेपालका लागि सातौं विकेट लिएका हुन्। शरदले २२ औं ओभरको दोस्रो बलमा सन्दीप गोउडलाई सुशन भारीमार्फत् क्याच गराए।

२३ औं ओभर चलिरहँदा ओमानले ६५ रन मात्र जोड्न सकेको छ।

यसअघि सन्दीप लामिछाने र करण केसीले तीन÷तीन विकेट लिएका थिए।

सन्दीपले १२औं ओभरको अन्तिम बलमा ओमानका मोहम्मद नादिमलाई एलबीडब्ल्यूमार्फत आउट गराएका थिए। १४औं ओभरको चौथो र पाँचौं बलमा सन्दीपले क्रमशः सुरज कुमार र नेस्टर धाम्बाको विकेट हात पारे।

यस्तै करणले नवौं ओभरको पाँचौं बलमा अयान खानलाई बोल्ड गराएका थिए। सातौं ओभरको पाँचौं बलमा ओमानका सुरुआती ब्याट्सम्यान सुफयान मेहमुदलाई सुशन भारीमार्फत् क्याच गराएका करणले अर्का सुरुआती ब्याट्सम्यान जतिन्दर सिंहको पनि विकेट लिएका थिए। करणले जतिन्दरलाई तेस्रो ओभरको चौथो बलमा आसिफ सेखमार्फत् क्याच गराएका थिए

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.