पारस, वसन्त र दीपेन्द्रले इपिएल नखेल्ने

पारस, वसन्त र दीपेन्द्रले इपिएल नखेल्ने

५ असाेज, काठमाडौं ।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् ।

इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । त्यस्तै काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण खेल्न नसक्ने भएका हुन् ।चोटका कारण दीपेन्द्र कम्तिमा चार हप्ता मैदान बाहिर रहने छन् ।

पारसले दुई महिना अघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । राष्ट्रिय टोलीबाट सन्यास लिएपनी घरेलु क्रिकेट खेल्ने बताएका थिए । वसन्त गत चैत देखि अमेरिका घरेलु क्रिकेट खेल्दै आएका छन् ।

विराटनगरको कप्तानी अब नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले गर्ने सम्भावना छ । विराटनगरले कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनारालाई टोलीमा समेटेको छ । उनी पहिलो पटक फ्रेन्चाइज लिग खेल्ने छन् ।

इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.