Nepal Times
Nepal Times
3
Shares

चुनावी प्रचारमा चितवन हिँडे दाहाल

चुनावी प्रचारमा चितवन हिँडे दाहाल

छोरा प्रकाशको निधन भएको तेस्रो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानमा निस्केका छन्।

दुई दिन काठमाडौं बसेका दाहाल मंगलबार बिहान गृहजिल्ला चितवन गएका हुन्। उनी दिउँसो १२ बजे भरतपुर बसपार्कमा हुने चुनावी सभामा सहभागी हुनेछन्।

माओवादीले आज देशभरका सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने निर्णय गरेको छ। चितवन–३ मा उम्मेदवार समेत रहेका दाहालले चुनावी सभालाई सम्बोधन गर्ने/नगर्ने अझै टुंगो लागिसकेको छैन।

यसअघि आइतबार छोरा प्रकाशको निधनपछि दाहाल झापाको चुनावी अभियान छोडेर काठमाडौं फर्किएका थिए। दाहालले सोही दिन प्रकाशको निधनमा चुनावी कार्यक्रम नरोक्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.