काठमाडौँ, ५ मंसिर (रासस) ः राष्ट्रि«य समाचार समिति (रासस) का पूर्व कर्मचारी साइनोकुमार लामाको ७८ वर्षको उमेरमा सोमबार बिहान ओम अस्पताल चाबहिलमा निधन भयो ।
कलेजो रोगबाट पीडित लामाको गत हप्ता सोमबार ओम अस्पतालमै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार भए पनि सोमबार बिहान १ः४५ बजे निधन भएको उहाँका ज्येष्ठ सुपुत्र सञ्जय लामाले जानकारी दिनुभयो ।
राससको लेखा÷स्टोरमा १९ वर्षसम्म सेवा गर्नुभएका लामा काठमाडौँ महानगरपालिका–६ बौद्धका स्थायी बासिन्दा हुनुहुन्थ्यो । उहाँ बौद्ध घ्याङ गुठीलगायत सामाजिक एवं धार्मिक संघ संस्थामा बसेर लामो समय समाज सेवामा समेत संलग्न हुनुहुन्थ्यो ।
लामाको बौद्ध परम्पराअनुसार सोमबार दिउँसै गोकर्णेश्वर नगरपालिकाको जम्बोडाँडामा अन्त्येष्टि गरियो । स्व लामाका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।