नागढुंगाबाट स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

नागढुंगाबाट स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

९ असाेज, काठमाडौँ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई स्रोत नखुलेको ९५ लाखसहित पक्राउ गरेको छ।

शनिबार बिहान चितवनबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।

चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँ राखेर अनुसन्धान सुरु गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.