ईटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

ईटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

९ असाेज, सुनसरी ।

सुनसरीकाे ईटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका २१ बर्षीय राजु थापाकाे छुरा प्रहार गरि हत्या भएकाे छ । थापालाई छिमेकी ६२ बर्षीय देवी प्रसाद अधिकारीले छुरा प्रहार गरि हत्या गरेका हुन् ।

शुक्रबार बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय ईटहरीकाे प्रहरी टोलीले हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको जनाइएकाे छ ।  घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.