नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

१० असोज, काठमाडौं ।

नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ ।

ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९ः४५ बजे शुरू हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.